घरतर्फ मेसी र रोेनाल्डोको पुस्ता
विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र बनेको छ, वर्तमानका महान् खेलाडी को हुन् ? लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो वा दुवै।
दक्षिण अमेरिकी फुटबललाई माया गर्ने, अझ भनौं स्पेनिस क्लब बार्सिलोनालाई पछ्याउनेहरूका लागि मेसी विश्वकै उत्कृष्ट खेलाडी लाग्न सक्छ्न । त्यस्तै युरोपेली फुलबल मन पराउने र रियाल मड्रिडलाई पछ्याउनेहरूका लागि भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मेसीभन्दा अब्बल दरिन सक्छन् । दुवैका दाबी आआफ्नै ठाउँमा सही छन् । वर्षैपिच्छे विश्वकै सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘बालोन डी अर’ अवार्डको विगत हेर्ने हो भने समर्थकका तर्कमा खोट लगाउन मिल्दैन ।
पछिल्ले १० वर्ष रोनाल्डो र मेसीबाहेक अन्यको नाम त्यहाँ भेट्टाउन सकिँदैन । मेसी र रोनाल्डोबीचको व्यक्तिगत सम्बन्ध आफ्नै ठाउँमा होला तर, दुवैका समर्थकले एकअर्काको कटु आलोचना गर्छन् । समर्थक मात्र होइन विश्वकै सञ्चारमाध्यले पनि दुई खेलाडीबीच उत्कृष्टताको होडमा थप मसला थपिदिएका छन् । यी दुई खेलाडीबीचको होडमा अन्य खेलाडी भने छायामा परेका छन्।
क्लब फुटबलमा मेसी र रोनाल्डोले जुन जादु देखाउने गर्छन्, अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दुवै असफल देखिन्छन् । व्यावसायिक फुटबलमा मेसी र रोनाल्डोले जुन वाहवाही पाउँछन्, अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शनमा भने दुवैले चर्को आलोचना खेप्ने गर्छन् । भलै रोनाल्डोले दुई वर्षअघि फ्रान्समा युरोपियन च्याम्पियनसिपको उपाधि उचालेर आफूमाथिको दबाब कम गरेका छन् ।
दुई साताअघिदेखि रूसमा फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप चलिरहेको छ । विश्वकपमा ३२ राष्ट्रका ७ सय ३६ खेलाडीले आफूलाई सिद्ध गर्ने प्रयास गरे र गरिरहेका छन् । प्रतियोगिता जुन १५ जुलाईसम्म चलिरहनेछ । आइतबार रातिसम्म (समूहचरणबाट १६ र नकआउट चरणबाट ४ गरी) २० टोलीका ४ सय ६० खेलाडी प्रतियोगिताबाट घर फर्किसकेका छन् ।, यो खबर आजको नागरिकदैनिकमा छ ।
July 2, 2018 11:37 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)