Thursday 21st May 2026

गुफामा फसेकालाई रसिया विश्वकपमा निमन्त्रणा

8 years अगाडी

लन्डन, २३ असार । फिफाका अध्यक्ष जियानी इन्फेटिनोले थाइल्यान्डको गुफामा फसेका बच्चाहरु र उनका कोचलाई विश्वकप फाइनल हेर्न निमन्त्रणा गरेका छन् ।थाइल्यान्डका ११ देखि १६ वर्षका फुटबल खेलाडी २३ जुनदेखि अँध्यारो गुफामा फसिरहेका छन् । टोलीसँगै कोच पनि फसिरहेका छन् । हराएको ९ दिनपछि ब्रिटेनका डाइभरहरुले उनीहरुको स्थान पत्ता लगाएका छन् ।

इन्फेटिनोले १५ जुलाईसम्म बाढीको पानी कम भएर फुटबल टिम बाहिर निस्कने विश्वास व्यक्त गरेका छन् । ‘वाइल्ड बोअर्सको टिमका खेलाडीलाई बचाउने छ र १५ जुलाईमा मस्कोमा हुने फाइनलमा उनीहरु उपस्थित हुनेछन्,’ इन्फेटिनोले विश्वास व्यक्त गरे ।

‘हामीलाई अपेक्षा छ कि छिटै उनीहरु आफनो परिवारसँग मिल्नेछ,’उनले थाइल्यान्डका फुटबल संघका प्रमुखलाई पठाएको पत्रमा लेखिएको छ, ‘यदि उनीहरुको स्वास्थ्य यात्रा गर्न सकिने अवस्था भएमा म उनीहरुलाई २०१८ विश्वकप फाइनलमा पाहुनाको रुपमा निमन्त्रणा गरेर खुशी हुनेछु ।’बच्चाहरुको हाँसिरहेको तस्बिर र भिडियो जारी पनि गरिसकिएको छ । उनीहरु ज्यूँदै छन् भन्ने खबरले परिवारजन र संसार नै खुसी छ ।  एजेन्सी

          July 7, 2018 10:52 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...