क्यानसर पीडित अंकित राईको लागि आर्थिक सहयोगको अपिल
जुलाई ६, कुवेत -‘सेवा नै धर्म हो’ खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको घरमा अहिले ठुलो बज्रपात आइपरेको छ जुन नाबालक छोरा बर्ष ५ को अंकित राईलाई तिलगंगा आँखा अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरेका छन् ।

क्यान्सर जस्तो गम्भीर रोगका कारण मृत्यु संग लडिरहेको र लामो समय सम्म किमो दिनुपर्ने र यो उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले सहयोगका लागि बुबा विदेश राई सबैजना संग छोराको लागि सहयोग जुटाइदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।
उपचारमा संलग्न डाक्टरको सुझाव अनुसार जति सक्यो चाडो भन्दा चाडो किमो थरापी गर्नु पर्ने भएको छ साथै जति ढिला भयो उतिनै स्वास्थ्यमा खतरा उत्पन्न हुने र यो बिधिले काम नगरे तत्काल आँखानै निकाल्नुपर्ने डाक्टरले सुझाएको हुँदा देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा दिदिबहिनीहरु सबैमा बालकको भबिष्यको खातिर आ-आफ्नो तर्फबाट के कति सकिन्छ आर्थिक सहयोग गरिदिन हुन यसै अनलाइन मार्फत बिमारी अंकित राईको बुबा विदेश राईले हार्दिक अपिल गरेका छन् ।

बिमारी अंकितका बुबा आफु पनि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहदा ६ महिना सम्म बिमारी भएपछिआफु रित्तो हात फर्किएको र परिवारमा आय श्रोत केहि नभएकोले उपचार खर्च जुटाउनको लागि दाताहरुसंग अपिल गरेर आफ्नो भविष्यको सहारा नाबालक छोराको लागि आर्थिक सहयोगको जुटाईदिनु हुन अनुरोध गरेका छन् र आर्थिक सहयोग गर्नु हुनेमनकारी दिदीबहिनी तथा दाजुभाईहरुलाई बालक अंकित राईको बुबा विदेश राईको तल उल्लेखित बैंक खाता नम्बरमा वा सिधै सम्पर्क गरेर थप जानकारी लिन सक्नु हुने छ ।
कुवेतको लागि सम्पर्क :-
मन्जित राई ९६९६४४३६
नैनकला राई ६०६७०२८६
केदार आले मगर ६६११९७८८९
बैजन्ति राई ६७६५३१०७
भगिरथ राई ६००८४७५२
नेपालको लागि सम्पर्क :-
मात्रिका राई :- ९८५११३१८३६
बिदेश राई :- ९८६२६२००१९ बीमारीको बुबा
सन्तोष राई :- ९८१३६८६९६०
विदेश राई
बैंक खाता नं. :- 0220000467 SG
Citizen Bank
Chakrapath, Kathmandu
July 7, 2018 11:04 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)