अवैधानिक कामदारले पेनाङ र जोहोरबारुबाट ट्राभल डकुमेन्ट बनाउन सक्ने
मलेसिया – नेपाली दूतावास मलेसियाले पेनाङ र जोहरबाहरु राज्यमा कन्सुलर सेवा उपलब्ध गराउने भएको छ ।
अवैधानिक कामदार यात्रा अनुमतिपत्र बनाउन दूतावाससम्म आइपुग्दा पक्राउ नपरुन भन्ने उद्देश्यले यी राज्यमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको दूतावासले जनाएको छ ।
असार ३० गते शनिबार देवान हल बुकित मेर्ताजाम पेनाङ र बागुस सीटी होटेल जोहोरबारुमा कन्सुलर सेवा दिइने छ । स्थानीय समय अनुसार बिहानको १० बजेदेखि सेवा सुरु हुनेछ ।
एकतर्फी यात्रा अनुमति बनाउन नेपाली नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी, दुई वटा फोटो र राजस्व दस्तुर वापत १६० रिंगिट तिर्नुपर्ने छ ।
मलेसिया सरकारले अवैधानिक बिदेशी कामदार लाई अगस्ट ३० सम्ममा स्वदेश फर्किन समय दिएको छ । साथै अवैधानिक धरपकड गर्न थालेपछि त्यसको चपेटामा नेपाली कामदार पनि परेका छन् ।
मलेसियामा झण्डै एक लाख नेपाली अवैधानिक रहेको हुनसक्ने कार्यवाहक राजदूत कुमारराज खरेल जानकारी दिनुभयो । उज्यालो
July 8, 2018 1:01 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)