ब्राजिललाई पाखा लगाएको बेल्जियम फ्रान्समाथि हावी हुने
काठमाडौँ, २६ असार । विश्वकपमा डार्क हर्सका रुपमा परिचित टिम हो बेल्जियम । ब्राजिलजस्तो बलियो टिमलाई बेल्जियमले पाखा लगाउला भनेर कमैले सोचेका थिए । प्रशिक्षक रोबर्टो मार्टिनेज आएपछि बेल्जियमले धेरै वर्षमा यस्तो सुधारिएको खेल प्रदर्शन गरेको हो ।विश्वकपमा बलियो खेल प्रदर्शन गर्दै आइरहेको बेल्जियमका रोमेलु लुकालु, कप्तान इडिन हजार्ड र केभिन डी ब्रुएन जस्ता खेलाडीहरु उच्च लयमा रहेका छन् । तर, डिफेन्स लाइन भने कमजोर रहेको फुटबल विश्लेषकहरु बताउँछन् ।
गोल्डेन बुटको दौडमा रहेका लुकाकु ह्यारी केनभन्दा दुई गोलले पछि रहेका छन् । उनले यो विश्वकपमा चार गोल गरिसकेका छन् ।पछिल्ला खेलमा ब्राजिलविरुद्ध डि ब्रुएनले गोल गर्नुमा पनि लुकाकुको सानदार एसिस्टकै परिणाम थियो ।बेल्जियम १९८६ विश्वकपमा सेमिफाइनल पुगेको थियो । यदि त्यो समयमा म्याराडोनाको जादुमय खेल नहुने हो भने बेल्जियमले शायदै त्यतिबेला नै विश्वकप ट्रफीमा आफनो नाम लेखाइसकेको हुन्थ्यो ।उक्त विश्वकपमा म्याराडोनाको सामु सबै देशको खेल फिक्का देखियो । बेल्जियमको पनि केही सिप लागेन सेमिफाइनलमा पहिलो पटक पुगेको बेल्जियम अर्जेन्टिना सामु निरिह बनेको थियो ।
यसपटक बेल्जिजयमले ब्राजिललाई २–१ ले हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । उसले समूह चरणमा पानामा ३–०, ट्युनिसिया ५–२, इंग्ल्यान्ड १–० पराजित गर्दै समुह विजेता बनेको थियो ।त्यस्तै अन्तिम १६को खेलमा जापानविरुद्ध सानदार कमव्याक गर्दै ३–२ गोलले जितेको थियो ।क्वाटरफाइनलमा बलियो ब्राजिललाई २–१ गोलले बेल्जियमले पछारेको थियो । फ्रान्सलाई पाखा लगाउन बेल्जियमका खेलाडीहरु सक्षम रहेको फुटबल विश्लेषकहरु बताउँछन् । कतिपय विश्लेषकहरुका अनुसार फ्रान्स वा बेल्जियम जसले सेमिफाइनल खेल जित्नेछन् त्यसैले विश्वकप उपाधि जित्ने सम्भावना समेत बलियो छ ।
July 10, 2018 10:43 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)