१२ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती गरिँदै
काठमाडौं । मुलुकभरका विभिन्न जिल्लामा गरी १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको एक सर्वेक्षणले देखाएको छकेन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणले १४ जिल्लाको १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको देखाएको हो।९ हजार २ सय ३६ कृषक मध्य ९ हजार १ सय २७ ले व्यक्तिगत रुपमा र १ सय ८ जनाले संस्थागत रुपमा चिया खेती गर्ने गरेको पाईएको छ। सबै भन्दाबढी झापामा ७ हजार १ सय ९५ दशमलब १५ हेक्टरमा र सबै भन्दा कम मोरङ्गमा २५ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ।
शुक्रबार सर्वेक्षण नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्री कुमार कार्कीले सबैभन्दा धेरै झापामा ८ करोड २५ लाख १७ हजार मेट्रिकटन र सबै भन्दा कम भोजपुरमा १ दशमलब ८ मेट्रिक टन गरी जम्मा १० करोड ८० हजार मेट्रिकटन हरियो चिया उत्पादन हुने गरेको पाईएको बताए। हरियो पत्ति बिक्रिबाट किसानहरुले १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैया प्राप्त गर्ने गरेको पाईएको छ।११ हजार ४१ वटा चिया बगान मध्ये इलाममा सबैभन्दा धेरै ६ हजार ९ सय ९५ र सिन्धुपाल्चोकमा सबै भन्दा कम ८ वटा चिया बगान रहेको सर्वेक्षणले देखाएको छ । परम्परागत रुपमा चिया खेती गर्ने किसानहरुको संख्या अझै ठुलो रहेको छ।जम्मा ११ प्रतिशत कृषकले मात्रै अर्गानिक चिया खेती गर्ने गरेको पाईएको छ । ५९ प्रतिशतले परम्परागत र ३० प्रतिशत कृषकले प्राङ्गाप।क उन्मुख चिया उत्पादन गर्ने गरेका छन् । सर्वेक्षणबाट यस व्यवसायमा संलग्न संचालक/परिवारको सदस्यहरु १८ हजार १ सय ८० जना देखिन्छन्।
व्यवसायीक चिया खेतीमा ३ हजार २ सय ४४ जना स्थायी र ३० लाख ९५ हजार २ सय ८४ जना अस्थायी कामदार संलग्न रहेको पाईएको छ।सर्वेक्षणले चिया खेती गर्ने व्यवसायीहरु मध्ये ८५ दशमलब ५ प्रतिशतमा प्रमुख संचालक पुरुष र १४ दशमलब ५ प्रतिशतमा प्रमुख संचालक महिला रहेको देखाएको छ।सर्वेक्षणले जम्मा ४ दशमलब ५ प्रतिशतले चिया खेती व्यवयास दर्ता गरेको , ५ प्रतिशतले खेतीका लागि ऋण लिएको देखाएको छ। चिया खेतीलाई कृषि अन्र्तगत नराखिएको र ऋणको सुविधा पनि प्राप्त नभएकाले त्यसतर्फ व्यसायीहरु आर्षित हुन नसकेको निष्कर्ष विभागले निकालेको छ।
त्यसैगरी व्यवसायिक चिया खेती गर्ने कृषक मध्ये ५३ दशमलब ५ प्रतिशतको मुख्य आयको श्रोत नै चिया खेती रहेको पाईएको छ। ९५ प्रतिशत व्यवसायीले आफ्नै जग्गामा चिया खेती गरेका छन्।पहाडी तथा हिमाली जिल्लामा कम्तिमा १ रोपनी र तराईका जिल्लामा कम्तिमा १ कठ्ठा १० धुर क्षेत्रफलमा चिया खेती गरेकालाई व्यवसायिक खेतीको परिभाषित गर्दै विभागले २०७४ बैशाख १ देखि २०७४ चैत मसान्तसम्म मुलुका सबै जिल्लामा चियाखेतीको सर्वेक्षण गरेको हो।
July 14, 2018 12:02 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता