थियरी हेनरीले फुटबल विश्लेषकको काम छोडे
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १ साउन । पुर्व फ्रान्सका स्टार खेलाडी थियरी हेनरीले स्काइ टेलिभिजनमा गर्दै आइरहेको फुटबल पण्डितको काम छोडेका छन् ।उनले आफु सफल प्रशिक्षक बन्नका लागि उक्त काम छोडेको बताएका छन् ।सन् २०१४ को डिसेम्बरबाट फुटबल खेलबाट सन्यास लिएपछि उनी स्काइ टेलिभिजनसँग आवद्ध भएका थिए । त्यसपछि उनी बेल्जियम राष्ट्रिय टोलीको सहायक प्रक्षिकको जिम्मेवारी सम्हालिरहेका छन् ।
रसियमा सम्पन्न विश्वकपमा बेल्जियमले तेस्रो स्थानमा चित्त बुझाएको थियो । सहायक प्रशिक्षकको भुमिकामा सफल उनले आफुलाई थप परिस्कृत बनाउन फुटबल पण्डितको काम छोडेको बताएका छन् ।उनले भनेका छन्, ‘मलाई यो भनिरहँदा दुःख लागिरहेको छ । मैले मैदानमा बढी ध्यान दिन स्काइ स्पोट्र्ससँगको सहकार्य छोडेको छु ।’उनी पछिल्लो चार वर्षदेखि फुटबल विश्लेषकका रुपमा काम गर्दै आइरहेका थिए ।
July 17, 2018 10:48 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...