तारा एयरले भित्र्यायो नयाँ ट्विन अटर विमान
काठमाडौं, ५ साउन । तारा एअरले शुक्रबार साँझ आफ्नो नयाँ ट्विन अटर वायुयान भित्र्याएको छ । उक्त विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गराइएको हो ।नयाँ विमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन् । चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअरवर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका तारा एयरले जनाएको छ ।
नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो । भाईकिङ्ग ४०० श्रृङ्खलाका यी ट्विन अटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु लुक्ला, डोल्पा, तथा रारालगायतका स्थानमा उडान भर्न सक्षम रहने तारा एयरले जनाएको छ । विमानको सफलतापूर्वक जाँच र परीक्षण उडान गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा 9N-ALO दर्ता नम्बर प्रदान गरेको छ । नयाँ वायुयान थपसँगै नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षमा तारा एअरले समेत महत्वपूर्ण योगदान पुर्याउने तारा एयरले दावी गरेको छ ।
July 21, 2018 3:04 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता