कुवेतमा बारिष्टा बाट म्यानेजर सम्म बन्न सफल तुलसी कार्की
माधब शाही
कुवेत । झण्डै एक दसक पहीलाको कुवेत र अहीलेको कुवेतमा धेरै भिन्नता पाईन्छ । कुवेतमा बिगत ६ बर्ष देखी नेपालीहरूको संख्या बढ्दै गएको छ । हाल कुवेतमा नेपालीहरूको अनुमानित संख्या ७५ हज़ार भन्दा बढी रहेको छ । नेपालको राजनीतिक अस्थिरता बेरोज़गारको समस्याले गर्दा तुलसी कार्की बैदेसिक रोजगारीको लागी २००७ सालमा जेरीभर्गीज ओभरसीज हुदै कुवेतको अलसाया कम्पनीको स्टारबक्स कफि सपमा बारिष्टामा ( कफि बनाउने ब्यक्ति ) आएका थिए ।त्यस समयमा कुवेतमा नेपालीहरूको संख्या न्युन्न थियो ।

खोटाङ जिल्ला हलेसी तुवाचुङ्ग नगर पालिका वडा नं.११ मा जन्मेका हाल भक्तपुर गट्ठाघर बस्दै आएका कार्की अहीले स्टारबक्समा म्यानेजर पदमा छन् । २०३६ साल असार २२ गते जन्मेका कार्कीले सरस्वती माध्यामीक बिध्यालयबाट एस एल सी पास गरे भने रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौ बाट स्नातक तह सम्म हासिल गरेका छन् । काममा लगनसीलता ,ईमान्दारीता, भनेको काम समयमै पुरा गर्ने उनको बिसेषता हो त्यही बिसेषताले गर्दा बारिष्टा बाट छोटो समयमामै म्यानेजर बन्न सफल भएका हुन् ।

बिदेसमा बिषेस गरी खाडीका देशहरूमा नेपाली कामदारहरूले दु:ख पायको समचार हरू आईरहेका हुन्छन् । कामको बिषयमा राम्रो संग जानकारी लिई काम सम्बन्धित तालीम लिएर बैदेशीक रोजगारीमा गए जो कसैले पनी दु:ख नपाउने कार्की बताउछन् । कम्पनीमा उत्कृष्ट काम गरेबापत धेरै चोटी विभिन्न शिर्षकमा पुरस्कार पाउन सफल कार्की भन्छन युरोप अमेरीका मात्र अन्तीम गन्तब्य नभएर अरबमा पनी अबसरहरू सदुपयोग गर्दै आफ्नो कार्यकौसलताको उचित प्रयोग गरी अरबमा पनी सफलता प्राप्त गर्न सकीन्छ । कफी क्षत्रमा राम्रो अनुभव भएका कार्की भबिष्यमा नेपालमा पनी कफी क्षत्रमा नै रहेर ब्यापार गर्ने ओजना रहेको बताउछन् ।
July 27, 2018 1:13 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)