नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती
सबिना केसी –
नेपालमा लोकतन्त्रको बहाली संगै स्वास्थ्य क्षेत्रमा बिभिन्न किसिमका चुनौतीहरु थपिदै गएका छन् । स्वस्थ्य क्षेत्रमा निजीकरणको प्रभाब संगै सामान्य बर्गका मानीसहरु सस्तो सुलभ स्वस्थ्य सेवा बाट बन्चीत हुन गयको अवस्था छ भने सामान्य नागरीक स्वास्थ्य सेवा बाट टाढा भइरहेको अवस्था छ । नेपालमा दुई किसीमका सेवाहरु भइरहेका छन् ।जो संग पैसा छ उस्का लागी एक किसिमको स्वस्थ्य सेवा छ भने जो गरीब छ उस्को सामान्य सरकारी अस्पतालबाट सेवा लीनु पर्ने हुन्छ र राम्रो उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था छ। एउटा राज्यमा दुई थरीका स्वस्थ्य सेवा छन् ।
धनी सम्पन्न वर्गका लागी र पैसा तिर्न सक्ने वर्गका लागि सुबीधा सम्पन्न नीजी अस्पताल छ्न भने जस्ले महंगो सेवा तिर्न सक्दैनन् उपचारको अभावमा ज्यान नै गुमाउनु पर्ने अवस्था छ। एउटै देशमा पनी नागरीकलाई दुई थरीका सेवा छ्न। गरीब नागरीकका लागी स्वस्थ्य सेवा महंगो साबीत भयको छ।नेपाल स्वस्थ्य क्षेत्रमा निजीकरण संगै ब्यापारिक माफियाकरणले नेपालको स्वस्थ्य सेवा जस्तो संबेदनसिल क्षेत्र गरीब नागरीकको पंहुच बाट आज टाढा भईरहेको छ । नाफाका लागी खोलीएका ठुला-ठुला नीजी अस्पताल आज धनी र सम्पन्न वर्गका लागी मात्र भएका छन् ।राम्रो र सस्तो सेवा दीन भन्दा पनि स्वास्थ सेवा बाट लुट गर्ने प्रबिर्दीको बिकास भयको छ।

आज गोबिन्द केसीको आन्दोलन पनि स्वस्थ्य क्षेत्र आम नागरिकको पहुचमा हुनु पर्छ ,उपचार गर्न नपाई कोही नेपालीले अकालमै ज्यान गुमाउन नपरोस भने उदेश्यको साथ आन्दोलन गर्नु परेको छ।यस्को उधाहरण स्वरूप डा.गोबिन्द केसी स्वस्थ्य क्षेत्रको सुधारका लागी अनसन बस्नु परेको हो ।स्वस्थ्य सेवा जस्तो संबेदनसिल क्षेत्रमा सबै साधारण नेपाली नागरीकले पहुँचमा स्वास्थ सेवा हुनुपर्छ भनी लागी पर्नु भएको छ। आजको समयमा दुई थरीका स्वस्थ्य सेवा उपलब्ध हुनु नेपाल र नेपालीका लागी दुर्भाग्यको कुरा हो।आम नागरीकलाई सस्तो एवम एकै सुबिधा सहीतको स्वस्थ्य सेवा उपलब्ध गराउने डा.केसीको उदेस्य रहेको छ। सबै सर्बसाधारणको पँहुचमा स्वास्थ सेवाहुनु आजको आवस्यक्ता हो।
July 28, 2018 5:20 pm | विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)