उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र
काठमाडौ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । समान तीन/तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् ।
अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ । प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई रु ५० हजार उपलब्ध गराएको थियो ।
July 31, 2018 2:12 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)