नेवाः पुचः यूएई द्वारा खुल्ला भलिबल प्रतियोगिता गर्ने
यूएई -नेवाः पुचः यूएईले आफ्नो स्थापनाकाल पछि खलकुदको क्षेत्रमा ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्ने कुरा नेपाल पत्रकार महासंघ, यूएईका अध्यक्ष भूप राज बस्यालज्यू अरु पत्रकारहरुको उपस्थितिमा मिति २०१८ जुलाई २७ को दिन यूएईको वर दुबई स्थित एभरेष्ट मार्सल आर्टसको हलमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा पुचःका खेलकुद संयोजक श्री हिरालाल श्रेष्ठ ज्यूले यो भलिबल प्रतियोगिताको लक्ष यूएईस्थित नेपाली नेपाली बीचमा भाईचारा अनि भलिबलमा अन्तराष्ट्रिय, राष्ट्रिय स्तरका खेलाडी, उदाएका नयाँ पिंढिका खेलाडीहरुलाई एक साथमा राखेर आफ्नो भलिबल अनुभवको साटासाट, स्तरको उन्नतिको लागि अवसर दिने जानकारी दिनु भयो ।

उहाँले यो प्रतियोगिता २०१८ अगष्ट २३, ईस्लाम धर्मको महान चाड वकर ईद छुट्टिको दिन पारेर तय गरिएको भन्नु भयो । यसै क्रममा भलिबल प्रतियोगिता हुने स्थान जुबेल अलिको लेवर क्याम्पको नुजल भलिवल कोर्ट अन्तरराष्ट्रिय स्तरको रबर फ़्लोर राखिएको कोर्टमा ब्यवस्था मिलाएको जानकारी दिनु भयो । प्रतियोगितामा बढिमा १८ टिम रहने, प्रत्येक टिममा ९ खेलाडि र १ जना म्यानेजर रहने छ । खेलाडीको फोटो नाम सहित दर्ता गर्नु पर्ने प्रावधान रहेको अनि चलन चल्तिको दर्ता दस्तुर मात्र लिने भएपनि खेलाडिको टिमलाई दिउँसोको खानाको ब्यवस्था पुचःले गर्ने ब्यवस्था गर्नेछ । पुरुस्कारको हकमा भलिबलको यूएई ईतिहासमा नै धेरै धनराशी तय गरिएको छ । पहिलो र दोश्रो हुने टिमले ट्रफी मेडल एवम नगद, अनि सर्वोकृष्ट खेलाडीले प्रमाण पत्र पाउने छ । साथै रेफ्रि र अरु सहयोगीहरुलाई पनि प्रमाण पत्र दिने छ ।
खेलको गुणस्तरको हकमा, प्रतियोगिता अन्तराष्ट्रिय नियममा नै संचालन हुने अनि दर्तामा रहेका खेलाडी बाहेक अरुले खेल्न नपाउने कडाईका साथ पालना गर्ने छ ।
यस प्रतियोगिताको लागि ६० % – ७० % तयारी पूरा भएको र प्रथम पुरुस्कारको प्रायोजक “नेपाली चुलो” प्रमुख प्रायोजक रहने छ । बिभिन्न व्यबसायी, ब्यक्तित्वहरुले प्रायोजनमा सहयोग गर्नु भएको छ ।
यस प्रतियोगितामा प्राबिधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्नेछ भने मिडिया को-अर्डिनेटर नेपाल पत्रकार महासंघ, यूएईले रही बिभिन्न ३ यूएईको र ३ नेपालको मिडियाहरु मिडिया पार्टनर रहनेछ ।
यस पत्रकार सम्मेलनमा नेवाः पुचःका उपाध्यक्ष राजेश प्रधान, भबिबल प्रतियोगिता उप-संयोजक एवम सदस्य रवि शाही, सदस्य मनोज प्रसाद श्रेष्ठ को उपस्थिति रहेको थियो ।
July 31, 2018 4:09 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)