Thursday 28th May 2026

आज सबैभन्दा सस्तियो सुन, यस्तो छ बजारभाउ

8 years अगाडी

काठमाडौं, १७ साउन । आज बिहीबार नेपाली बजारमा सुनको अत्यधिक सस्तो भएको छ। नेपाली बजारमा हिजो ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै ५६००० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आज नेपाली बजारमा तेजावी सुनको मूल्य पनि घटेको छ। हिजो ५६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ५५ हजार ७ सय रुपैँया मात्रै छ। त्यस्तैगरी आज चाँदीको मूल्य भने यथावत छ। हिजो ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि यथावत रहेको छ।

          August 2, 2018 1:42 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...