नेपालमा पनी अब बलात्कारीलाई फाँसी दिने
काठमाडौँः देशमा केही समययता बढिरहेका बलात्कारका घटनालाई लिएर सांसदहरुले संसद बैठकमा चर्कोरुपमा कुरा उठाएका छन् । बलात्कार र हत्याका घटना रोक्न अब मृत्युदण्डको विकल्प नरहेको बताउँदै सांसदहरुले तत्काल कानुन निर्माण गर्न सरकारसँग माग गरेका हुन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले फाँसी र मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् । बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद यज्ञराज सुनुवारले बलात्कारीलाई फाँसी हुनुपर्ने आवाज सडकमा उठिसकेकाले अब सदन पनि गम्भीर हुनुपर्ने बताए ।
‘सडकमा बलात्कारीलाई फाँसी दिऊँ भन्ने आवाज उठिसकेको छ, बालिकामाथिको अपराध पनि झन् बढ्दो छ’, सुनुवारले भने, ‘अब त्यसो नगरी हुँदैन, कडा भन्दा कडा सजायको व्यवस्था हुनैपर्छ ।’त्यसैगरी अर्की सांसद मिना सुब्बाले पनि बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने माग गरिन् । ‘म पनि एउटी आमा हुँ, बालिकामाथि बलात्कारपछि भएको हत्याको घटनाले मेरो मन रोएको छ’, उनले भनिन्, ‘कन्चनपुरमा १३ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ, अर्कातिर काभ्रेमा ९ वर्षकी बालिकाको पनि बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ ।’त्यसैगरी विशेष समयमा बोल्ने सांसदहरुले पनि बलात्कारका घटना बढ्दै गएको भन्दै दोषी ठहरिएकाहरुलाई मृत्युदण्डसम्मको सजाय दिन माग गरेका छन् ।
August 2, 2018 2:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)