रोनाल्डो भित्र्याएसँगै युभेन्टस छाड्ने निर्णय गरेका हिग्वेनलाई सानसिरोमा स्वागत
मिलान, २० साउन । रियल मड्रिडका क्रिष्चियानो रोनाल्डो भित्र्याउने निर्णयसँगै युभेन्टस छाड्ने निर्णयमा पुगेका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनलाई सानसिरोमा समर्थकले भव्य स्वागत गरेका छन् । उनी ऋणमा अर्को इटालियन क्लब एसी मिलान पुगेका हुन् । नयाँ निर्णयपछि पहिलोपटक शुक्रबार सानसिरो पुगेका उनलाई समर्थकले भव्य स्वागत गरेका छन् ।
हिग्वेन युभेन्टसका मुख्य स्ट्राइकर रहँदै आएका थिए । रोनाल्डोको आगमनसँगै हिग्वेनले युभेन्टस छाड्ने इच्छा देखाएका थिए । उनको इच्छालाई सम्बोधन गर्दै युभेन्टसले हिग्वेनलाई एसी मिलानमा ऋणमा पठाउने निर्णय गरेको थियो ।
हिग्वेन सन् २०१६ मा युभेन्टस भित्रिएका थिए । सात करोड ९० लाख पाउण्डमा नापोलीबाट त्यहाँ पुगेका ३० वर्षीय हिग्वेनले एक सय पाँच खेल खेल्दा ५५ गोल गरेका छन् । दुई सिजनमा उनले घरेलु सिरी ए लिग र कोपा इटालियाको उपाधि जिते । एक वर्षको ऋणको सम्झौतापछि उनले एसी मिलानसँगै आधिकारिक सम्झौता गर्नेछन् । यसका लागि उनले आवश्यक स्वास्थ्य तयारी समेत गरिसकेका छन् ।
August 5, 2018 12:29 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)