एम.जि.एम मकाउका नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई १ लाख सहयोग।
मकाउ – बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति एम.जि.एम.नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राख्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै एम.जि.एम मकाउमा कार्यरत रहेका ७२ जना नेपालीहरू बाट रकम संकलन गरेर मोप ७२२४ अर्थात नेरू.१ लाख ४५० रूपैया मृतक तिमल्सिनाको श्रीमति र छोरा छोरीलाई गैर आबासीय नेपाली संघ मकाउका प्रतिनिधि मार्फत हस्तान्तरण गरीएको छ।
बिगतका दिनहरू देखि नै एम.जि.एममा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।डोल्मा शेर्पा देखि अम्बर बहादुर बम हुँदै पेटका ट्युमर भएकी सलिना खड्का साथै सेति बाढी पिडित,भूकम्प पीडित र मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन एम.जि.एममै कार्यरत शम्सेर थापा।मृतक तिमल्सिनाको अन्तिम श्रद्धाञ्जली सभामा समेत एम.जि.एम मकाउका सेक्युरीटी परीवारले पुष्प गुच्छाले मृतक तिमल्सिनालाई बिदाई गरेका थिए।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)