Thursday 21st May 2026

डेम्बेलेको नजरमा विश्वकै तीन उत्कृष्ट खेलाडी

8 years अगाडी

२४ साउन । गएको सिजन १३५.५ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका डेम्बेलेले पहिलो सिजन भने खासै केही चमत्कार गर्न सकेनन् । बार्सिलोनाका लागि उनले जम्मा २३ खेल खेल्नमात्र पाए । डेम्बेलेलाई विश्वकै उत्कृष्ट खेलाडीबारे प्रश्न गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार उनको नजरमा रोनाल्डिन्हाे, मेस्सी र जिदान विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनले पेले र म्याराडोनाको नाम भने लिएनन् ।
ती तीनै खेलाडीले विश्वकै उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । उनले तीन खेलाडीको नाम लिइरहँदा मेस्सीको भने खुबै तारिफ गरे ख। उनले सन् २०१० मा आर्सनल विरुद्ध मेस्सीले गरेका गोलहरुको तारिफ गर्दै भने, ‘उक्त खेल हेरेपछि लाग्यो मेस्सी अन्य ग्रहबाट आएका खेलाडी हुन् ‘। एजेन्सी

          August 9, 2018 1:58 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...