आज – २५ साउन २०७५ शुक्रवारको राशिफल
आज – २५ साउन २०७५ शुक्रवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । कार्यहरू अधुरै रहला । प्रेममा मनमुटाव आउला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चिलो यात्रा रहला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा सफलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँको मेहनतको प्रसंसा गर्नेछन् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
August 10, 2018 3:10 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)