सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग।
कर्ण अधिकारी मकाउ।
बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटि क्यासिनोमा कार्यरत नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राखेर गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटी क्यासिनो कार्यरत रहेका नेपालीहरू बाट रकम संकलन गरेर सिटि अफ ड्रिमको तर्फबाट मोप ८०२७ अर्थात नेरू.१ लाख १० हजार ४२५ रूपैया र स्टुडियो सिटी क्यासिनोबाट मोप ७२५० र ५ सय एच केडी अर्थात ने रू १ लाख ६ हजार ८ सय ४५ रूपैया गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय आईसीसी सदस्य मुकेश बरूवाल र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका उपाध्यक्ष मंगल राईलाई गैर आबासीय नेपाली संघ एशिया प्यासेफिकका आर्थिक स्थायीत्व समितिका सह संयोजक अम्बिर जोशी र स्टुडियो सिटी क्यासिनोमा कार्यरत समाजसेवी एवं खेलाडी शंकर धमलाले हस्तान्तरण गरेका थिए।
बिगतका देखि नै सिटीअफ ड्रिम र स्टुडियो सिटी क्यासिनोमा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।भूकम्प पीडित,पहिरो पिडित देखि मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन सिटि अफ ड्रिम क्यासिनोमा कार्यरत अम्बिर जोशी र शंकर धमला।आउदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)