एनआरएनए आरसिसि अल कासिमको तेस्रो अधिबेशन २०१८ हुने
१९ अगस्ट, २०१८
अल कासिमबाट रम्जान दिन मियाका साथ तेज थापा,
साउदी अरब – गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमको क्षेत्रिय अधिबेशन यहि आउदो २४ अगस्ट २०१८ शुक्रबारका दिन तय भएको छ । एनसिसि साउदी अरब मातहातमा रहेको क्षेत्रिय समन्वय समिति अलकासिमको यो तेस्रो अधिबेशन हो । साउदी अरबको अलकासिम स्थित बुरैदा ईस्लामिक सेन्टर हलमा आयोजना हुने अधिबेशन तयारी अन्तिम चरणमा पुगेको बर्तमान क्षेत्रिय का.बा. अध्यक्ष मनिष कोइरालाले जानकारी दिएका छन् ।
कासिम क्षेत्र वरपर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हक-हित, पिडित उद्धार, श्रमिक समस्या समाधान तथा समाजिक सेवामा लामो समयदेखि सहयोग र समन्वयकारी भुमिका निभाउदै आइरहेको क्षेत्रिय समिति अलकासमिको दुइ बर्षे २०१६-२०१८ कार्यकाल सकिनै लाग्दा अधिबेशन मार्फत नयाँ कार्य समिति चुनिने ।
कार्यक्रममा नेपाली राजदुतावास रियाद परिवार, एनआरएनए कर्मीहरू, बिभिन्न संघ-संस्थाका प्रतिनिध लगायत नेपाली दाजुभाइहरुको उल्लेख्य उपस्थिती रहने अनुमान गरिएको क्षेत्रिय सचिव रम्जान दिन मियाले बताए ।
August 19, 2018 8:49 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)