काभ्रेली कप-२ सम्पन्न, विजेता याताइमुरा नेपाल युनाइटेड व्रदर्स समुह
Thanks टोकियो,स्पोर्ट फ़र ब्रदरहुड भन्ने नारासहित काभ्रेली समाज जापानको दोस्रो क़ाभ्रेली कप २०१८ फुटसल टुर्नामेन् भव्यरुपमा सम्पन्न भएको छ। काभ्रेली समाज जापानका केन्द्रीय सदस्य एवं खेलकुद बिभाग प्रमुख गोपाल थोकर तामाङका अनुसार आइतबार साइतामाको ल्याडर स्पोर्ट्स ग्राउन्डमा सम्पन्न उक्त खेलमा ३२ समहुको सहभागिता रहेको थियो भने समुह याताइमुरा नेपाल युनाईटेड ब्रदर्स ५६ मान (पाँच लाख साठ्ठी हज़ार) नगद पुरस्कार सहित ३-२ अन्तरले पहिलो विजेता बन्न सफल भएको छ।
त्यसै गरी २३ मान यान ( दुई लाख तिस हज़ार )नगद सहित समुह नागोया नेप्लीज एफ सि दोर्सो र ११ मान यान( एक लाख दस हजार) नगद पुरस्कार सहित लाफा एफ सि ‘बी’ तेस्रो हुन सफल भएको छ। प्रतियोगितामा नागोया नेप्लीज एफ सि का शंकर श्रेष्ठ उत्कृष्ट खेलाड़ी,याताईमुरा नेपाल युनाइटेड ब्रदर्सका विवेक जंग कार्की उत्कृष्ट गोलरक्षक र प्रितम गुरुगं वेस्ट डिफ़ेन्डर तथा समुह नागोया नेप्लीज एफ सि कै वांगेल लामा भने उच्च गोलकर्ता बन्न सफल भएसङ्गै चारै जनालाई जनही नगद १२ हज़ार पाँचसय यान पुरस्कार पनि वितरण गरिएको छ भने लिभिंग लेजेन्ड अवार्ड र लाइफ़ टाईम अचिभ्मेन्ट अवार्ड क्रमश: संगीत शाक्य र विसन गौचनलाई प्रदान गरिएको छ।
उक्त समारोहमा नेपाल जापान फुटवल एसोसिएशनका अध्यक्ष वसन्त गौचनको प्रमुख आतिथ्यतामा, अन्य विशेष अतिथि र अतिथिहरु लगायत काभ्रेली समाज जापानका अध्यक्ष समीर टी. तामाङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै काभ्रेली समाजसंग हातेमालो गर्दै फुटसल टुर्नामेन्ट सफल बनाउन आर्थिक, भौतिक र नैतिक समर्थन जनाएका संघसंस्था र विशिष्ट व्यक्तिहरुलाई पनि मायाको चिनो सहित सम्मान गर्दै पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
August 20, 2018 1:16 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)