साउदी अरबमा ज्यान बाँच्यो नगद र सामान सबै धोस्त
साउदि तेज थापा-
साउदि अरब -आज २०७५ साल भदौ ४ गते सोमबार साउदी अरबको जिजान सविया नजिकै जेद्दा रोड स्थित नेपाल मेलमिलाप प्रबासिय संघको कार्यालय आसपासमा रहेको “साउदी पम्प” नामक कम्पनि ब्लोक र कङ्गक्रिट फ्याक्ट्रीमा बिजुली सर्ट भइ आगलागी हुदा नेपाली कामदारहरुको नगद र सामानहरु जलि नष्ट भएका छन् । आगलागी हुनासाथ बिन ओत ओत कम्पनीमा कार्यरत महन बिक्रम बिस्टले नेपाल मेलमिलाप प्रबासिय संघका अध्यक्ष लिला (बिचारी )बहादुर बुढाथोकीलाइ जानकारी गराएका थिए । जानकारी पाउना साथ बुढाथोकी घटना स्थल पुगी पिडातहरुको अबस्था बुझेका थिए । दम्कल सहित आएको पुलिसको टोलीले घट्ना स्थाल वरिपरि जान सर्वसाधारण लाई जान लाई रोक लगाए पनि संघका कोषाअध्यक्ष अमर तामाङ्ग अरबि भाषा जानकार भएको र नेपाली साथीभाई तथा अन्य ब्याक्तिलाई सहयोग गर्न गएको जानकारी दिए पश्चात् भेट्ने अनुमति मिलेको बुढाथोकीले बताए ।
उनले बताए अनुसार कम्पनीमा काम गर्ने कामदारहरु बस्ने एउटा कन्टिनरमा बिजुली सट हुदा आगो लाग्न पुगेको थियो । आगो लाग्दा नेपालि ,इण्डियान लगायत अन्य कामदार बस्ने कोठाहरु जलेर सबै सामानहरु जलेर पूर्ण रुपमा धोस्त भाकोछ भने खाने बस्ने ओड्ने ओछ्याउने सबै खरानी भए पनि मानविय क्षति भने भएको छैन तर सबै कामदाहरु भने सकुसल रहेकाछन् । हावाहुण्डरि चलेको कारण दम्कल आई आगो निभाए ता पनि नेपाली कामदारहरु जिवन बि क ,ओम बि क र असिक लाल यादब लगायत अन्य मुलुकका कामदारहरुका सबै सामान नगद, मोबाइल,कागतपत्र जलेर धोस्त भएका छन् ।
जिवन बि क २९ महिनादेखि काम गरिरहेका ब्याक्ति केहि महिना पछि स्वदेश घर छुट्टी जाने तयारिमा थिए । ड्राइभर काम गर्दै आएका जीवन आफु मकवानपुर जिल्ला हेटौडा नगरपालिका वार्ड न ५ वासामाड़ीका स्थायी बासि हुन् । जीवनको ३४०० सय रियाल नगद,घर जानको लागि किनेका सामानहरु १५०० सय रियाल अकमा,लाइसेन्स सबै थोक हिसाब गर्दा नेपालि नगद रु १८०००० (अक्षेरेपी एक लाख असिहजार मात्र ) नोक्सान भएको अनुमान गरिएकोछ । छुट्टिमा नेपाल गइ बिबाह गर्ने तयारीमा रहेका उनि घटना पश्चात् भएको क्षतिले निकै निरास छन् । त्यसैगरि सिराहा जिल्ला लाहान नगरपालिका वार्ड न २२ पटेरुवा स्थायी घर भएका ओम बि क पनि स्वदेश जाने तयारीमा थिए, उनको पनि मोबाइल लगायत अन्य सामान गरेर १४८० रियाल अर्थात नेपालि नगद रु ४०००० ( अक्षेरेपी चालिस हजार मात्र) जलेर ध्वस्त भएको छ । छुट्टिबाट आएको एक दिन नहुदै असिक लाल यादबको ओड्ने ओछ्याउने लगायतका सामाग्री जलेर भएका छन् । उनि सप्तरी जिल्ला रोपनी गाँउपालिका वार्ड न ८ वासि हुन् ।
अध्यक्ष लिला बहादुर बुढाथोकी, उपाअध्यक्षमा मान बहादुर मगर,सचिब कुमार तामाङ्ग, सहसचिव सन्तोष लिम्बु, कोषा अध्यक्ष अमर तामाङ, सदस्य सबिन बि क,सदस्य डेनिश राइ, सदस्य नबिन काम्बाङ, बरिस्ट सल्लाहकार सोम बहादुर लिम्बु,सल्लाकार डिल्लिसेर बुढाथोकी,सल्लाकार पदम बहादुर लिम्बु लगायतका पदाधिकारी सम्मेलित ‘नेपाल मेलमिलाप प्रबासिय संघ’साउदी अरबको जिजानमा कृयाशिल रहेको र आपत बिपत पर्दा नेपालीहरुलाई सहयोग पुर्याउदै आईरहेको संघका अध्यक्ष लिला बहादुर बुढाथोकीले बताए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)