साउदी अरबको “बुरैदा गोल्डकप २०१८” फुटबल प्रतियोगिता सम्पन्न !
8 years अगाडी
Nepal Drishti
अलकासिमबाट रम्जान दिन मियाका साथ तेज थापा-
साउदी अरब – ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इदुल अदहाको अबसरमा बुरैदा नेपाली फुटबल क्लबले मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । साउदी अरबको अलकासिम बुरैदामा आयोजित प्रतियोगिता गत २० अगस्त २०१८ सोमबारका दिन सम्पन्न भएको हो ।

साउदि अरबको कासिम क्षेत्र वरपर रहेका नेपाली दाजुभाइहरु बिच आपसी सम्बन्ध स्थापित कायम गरि मनोरञ्जन दिने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका सदस्यले बताए । अलमराई कम्पनीमा कार्यरत सुमन दाहालको प्रमुख अतिथ्य तथा आयोजक क्लबका अध्यक्ष योगेन्द्र श्रेष्ठ ज्युको सभापतित्वमा सम्पन्न प्रतियोगितालाई क्लब का सचिब रम्जान दिन मियाले संचाल गरेका थिए ।

विभिन्न चरणमा बिभाजित कार्यक्रमको समुद्घाटन हुदै राष्ट्रिय गानबाट प्रारम्भ भएको थियोे । प्रतियोगितामा बुरैदा नेपाली फुटबल क्लब टिम “A” र टिम “B”, गन्तब्य स्पोर्टिङ क्लब टिम “A” र टिम “B”, पान्डा फुटबल क्लबका टिम, नेपाली प्रबासी समाज हाइलका टिम, र तस्लिया टिम गरि ७ टिमको सहभागीता जनाएका थिए ।

गोला पर्थाद्वारा दुई समुहमा बिभाजित प्रतिस्पर्धि टिमको पहिलो समुहको खेल गन्तब्य स्पोर्टिङ क्लब टिम “B” र पान्डा फुटबल क्लबका टिम बीच भएको थियो । उक्त खेलमा गन्तब्य स्पोर्टिङ क्लब टिम “B”, लाई पान्डा फुटबल क्लबले ० का विरुद्ध १ गोलले पराजित गर्दै सेमिफाइनल मा पुगेको थियो ।
त्यसैगरि तस्लिया नेपाली प्रबासी समाज हाइल बिच भएको दोस्रो खेलमा तस्लियालाई १ का विरुद्ध ३ गोल पारजित गर्दै नेपाली प्रबासी समाज हाइल पनि सेमिफाइनल पुगेको थियो भने १ का बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पारजित गर्दै बुरैदा A टिम बिजय भइ सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनल चरणको खेल गन्तब्य स्पोर्टिङ क्लब टिम “A” र पान्डा फुटबल क्लब तथा नेपाली प्रबासी समाज हाइल र बुरैदा नेपाली फुटबल क्लब बिच भएको थियोे । जहाँ ० का बिरुद्ध २ गोलले पराजित गरि अन्तिम चरणको यात्रा तय गरेको थियो भने ० का विरुद्ध १ गोलको नतिजा हात पर्दै प्रबासी समाजले पनि अाफ्नो अन्तिम चरणको यात्रा सुरक्षित गरेको थियोे ।
प्रतिस्पर्धात्मक तथा निकै रोमाञ्चक अन्तिम चरणको खेल नेपाली प्रबासी समाज हाइल र गन्तब्य स्पोर्टिङ क्लब टिम “A” बीच भएको थियो जसमा गन्तब्य स्पोर्टिङ क्लब टिम “A” द्वारा ० को विरुद्ध ३ गोलले विपक्षी टिमलाई पराजित गरि “बुरैदा गोल्डकप २०१८” को ट्रफी उचाल्न सफल बनेको थियो । भने नेपाली प्रबासी समाज हाइल का टिम द्वितीय हुन पुगेको थियो ।

प्रतियोगिताको उत्तरार्धमा बिजयी टिम र उप बिजेता टिमलाइ आयोजक बुरैदा नेपाली फुटबल क्लबद्वारा प्रमाणपत्र, मेडल र पुरस्कारले सम्मान गर्दै हार्दिक बधाइ ज्ञापन गरिएको थियो । भने उत्कृष्ट खेलाडी दिपक (इस्पेन) चौधरी र धेरै गोल कर्ता सन्तोष राई लाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बिशाल श्रेष्ठ, सुमन गिरि, नुरुल जमा अन्सारी, राज कुमार श्रेष्ठ, कृष्ण अधिकारी, चिरन कटुवाल, यादव घिमिरे, सन्जिब शर्मा, धर्मेन्द्र कार्की, रोहित घिमिरें शिब देब राई, मिलन श्रेष्ठ, कुमार बि.क. लगायतका अतिथिको समुपस्थिति रहेकोे थियो ।
August 24, 2018 4:36 pm | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...