मनिताले जितिन् मिस टुरिजम-२०१८ को उपाधी
काठमाडौं, १० भदौ । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिबार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितेकी छन् प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानुरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन । प्रतियोगिताको फस्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी जित्दै क्रमशः रु ३० हजार र २० हजार प्राप्त गरे ।
प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, सङ्गीता थापा मिस फिगर, सृजना घमिरे मिस फ्रेण्डसिप, श्रृति थापा मिस पर्सनालिटि, सगुन अधिकारी मिस वाल्क घोषित भए । मिस टुरिजमको उपाधी चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत छिन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने,पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने काफ्लेले बताए ।
मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पा, नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सि.एन पाण्डे, नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल, नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक राजेन्द्र सापकोटा, युवा पर्यटन व्यवसायी तथा लेखक राजन सिंम्खडा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डे, गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका निवर्तमान अध्यक्ष कमल सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ र मिस नेपाल २०१५ ईभाना मानन्धर रहेका थिए ।
विजेताहरुलाई नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत, नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा, अर्थवाउण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक राजन सिंम्खडा, यात्री स्विट्स एण्ड स्पाका प्रबन्ध निर्देशक सागर पाण्डे, प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्ले, प्रमुख कार्यकारी अधिकृत रविन्द्र अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
August 26, 2018 11:51 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता