आज – १५ भाद्र २०७५ शुक्रवारको राशिफल
आज – १५ भाद्र २०७५ शुक्रवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट सहयोग मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । साथीभाइसङ्ग भेटघाट हुने योग छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्वन्ध कसिलो हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सौन्दर्यतामा धन खर्च हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । कार्यमा अवरोध आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
August 31, 2018 4:15 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)