मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
नेपालको संविधान अनुसार मुलुकलाई अब मौलिक हकसम्बन्धी कानुनहरू बनाउन निकै चटारो भइसकेको छ । आगामी असोज २ गतेसम्म ती कानुनहरू बनाएर कार्यान्वयनमा ल्याइसक्नुपर्ने सरकारको दायित्व छ ।
प्रतिनिधिसभा विधेयक शाखाका उपसचिव अधिराज राईका अनुसार मौलिक हकसँग सम्बन्धित १३ वटा विधेयक प्रतिनिधिसभा र ४ वटा मौलिक हकसँग सम्वन्धित विधेयक विधेयक शाखामा दर्ता भएर प्रक्रियामा अघि बढेका छन् ।
आजको १४ दिनभित्रमा यी सबै प्रक्रिया सकेर कानून बनाइसक्नुपर्ने हुन्छ तर जति छिटो गरेर निरन्तर प्रक्रियामा जाँदा पनि यो मितिभित्र सम्भव हुने देखिदैँन । किनकी विधेयक शाखामा दर्ता भएपछि पनि परिपक्व हुन ५ दिन लाग्छ । त्यसअघि कुनै प्रक्रिया अघि बढाउन मिल्दैन । व्यक्तिगत विधेयक प्रस्तुत भए परिपक्व हुन ७ दिन लाग्छ ।
तर यही चटारोको बेला सभामुख कृष्णबहादुर महरालाई चीन जान हतारो भएको छ । उहाँ शुक्रबार त्यसतर्फ गएर भदौ २७ गते नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ । सभामुख महरासहितको सानो टोली चीनमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भाग लिन त्यसतर्फ जान लागेको हो ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
September 5, 2018 3:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)