‘निर्मलाका निम्ति न्याय’- काठमाडौंमा विशाल प्रदर्शन
काठमाडौं, ३० भदौ । बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायको माग गर्दै आज (शनिबार) काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । काठमाडौंमा मात्र नभएर निर्मलाको न्यायको लागि देशभरका विभिन्न १९ स्थानमा जनभेला भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनको ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको छ ।

यस विशाल प्रदर्शनमा स्वस्फुर्त रुपमा हजारौ जनाले सहभागी जनाएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्डसहितको विशाल प्रदर्शन गरिएको छ ।

त्यसोत, गत शुक्रबार नेकपाका भातृ संगठन अनेरास्ववियुको सरस्वती क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा जुलुस निकालेको थियो।
सैयौं युवा विद्यार्थी सहभागी भएको सो जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए ।
नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताएकी थिइन् ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)