आज – ०२ आश्विन २०७५ मंगलवारको राशिफल
आज – ०२ आश्विन २०७५ मंगलवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ हुनेछस् ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेका कार्य पूरा हुनुका साथै मित्र लाभ हुने छ । आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिन फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहने छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्राप्त अवसर गुमाउनुपर्दा मन खिन्न हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभको योग देखिन्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
September 18, 2018 3:13 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)