बालकको अाँखाकाे अप्रेसनको लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउने
कुवेत – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे ज्योती समेत गुमेको छ ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको हो । पोखराको अस्पतालमा समेत उपचार गर्न नसकेर पोखरा बाट ललितपुरको क्यान्सर अस्पतालमा पठाएको छ । ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत नजिरको अाँखाकाे अप्रेसन गर्नको लागि डाक्टरको भनाइ अनुसार १६ लाख भन्दा बढी रकम लाग्ने अभियन्ता बबिता योन्जनले बताएकी छिन ।

सानै उमेरमा अाँखाकाे ज्योती समेत गुमाएका नजिनको अाँखाकाे अप्रेसनको लागि अध्यक्ष भिम बहादुर गदलको संयोजकमा चार सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ । आर्थिक संकलन समितिमा समाजका द्वितीय उपाध्यक्ष टेक बहादुर बिश्वकर्मा, महाससचिब चन्द्र बिश्वकर्मा, सहसचिब गिता बिश्वकर्मा र काेषाध्यक्ष गोपाल गदाइली बिश्वकर्मा रहेको नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले जानकारी गराएका छन ।
कुवेतको नेपाली समाजमा कृयाशिल संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई नजिनको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक अपिल गरेको छ ।
तपाईंले पनि सहयोग गर्न चाहानु हुन्छ भने कृपया तल उल्लेखित नाम र मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
अभियान संयोजक – भिम बहादुर गदल (+96566592280)
टेक बहादुर बिश्वकर्मा (+96560489899)
चन्द्र बिश्वकर्मा (+96567799127 / 50741292
गिता बिश्वकर्मा
गोपाल गदाइली बिश्वकर्मा
अभियन्ता बबिता योन्जन ( +977980-3446616)
नजिनको आमा उदिमाया बि.क ( +9779806126936)
गोर्खाज फाइनान्स, खाता न. (10180110166256524)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)