दशैँका लागि नयाँ नोट सर्वसाधारणले असोज २१ गतेदेखि पाउने
काठमाडौँ, नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंको लागि असोज २१ गतेदेखि सर्वसाधारणको लागि नोट उपलब्ध गराउने भएको छ । राष्ट्र बैकले यस वर्ष सर्वसाधारणको लागि गतवर्षभन्दा १ अर्ब बढी रुपैयाँ निष्काशन गर्न लागेको हो । गत वर्ष राष्ट्र बैकले १२ अर्ब निष्काशन गरेको थियो भने यस वर्ष १३ अर्ब निष्काशन गर्ने जनाएको छ ।
यस वर्ष ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
सर्वसाधारणले नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखामार्फत् नयाँ नोट सटही गर्न सक्नेछन् । सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण गरिने राष्ट्र बैंकले जनाएको छ ।बैंकले असोज १२ गते नै नयाँ नोट पाए पनि सर्वसाधारणले भने असोज २१ सम्म कुर्नु पर्नेछ । उपत्यका बाहिर भने प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी छ ।
September 25, 2018 2:41 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता