आज – १० आश्विन २०७५ बुधवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । विद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । दिदीबहिनीहरूबाट अपेक्षित सहयोग मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुनै काम वा घुमघामका लागि यात्रा हुनसक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । दैनिक कार्यहरू सम्पादन हुनेछन् ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आकस्मिक यात्रा गर्दा अनपेक्षित खर्च आइलाग्नेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । प्रा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । खानपिनमा सजग रहनुपर्ने बेला छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मध्यम खालको दिनछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिस्थिति पहिचान गरी पुरुषार्थ प्रदर्शन गर्न सके मान–प्रतिष्ठा प्राप्त हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
September 26, 2018 4:08 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)