विश्व टी–२० छनोट नेपालको लगातार दोस्रो जीत
काठमाडौँ, २० असोज : आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ ।
छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जीतमा कप्तान पारस खड्काले अविजित ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे तथा ओपनर विनोद भण्डारी १२ र अनिलकुमार साहले एक रनको योगदान गरे । यसअघि टस जीतेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो । मलेसियालाई १०० रनमै सीमित गर्ने क्रममा नेपालका युवा बलर सन्दिप लामिछानेले पाँच विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले तीन र कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।
यसअघि यही असोज १७ गते भएको पहिलो खेलमा नेपालले म्यानमालाई आठ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै असोज २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रोचरणमा प्रवेश गरिसकेका छन् । दोस्रोचरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिमचरणका लागि छनोट हुनेछन् । अन्तिमचरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)