स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
कुवेत – स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
” सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक संकलन अभियान गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अभियन्ता बि बि मल्ल ठकुरीले बताए ।
आउँदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाजले आयोजना गरेको युगल साँझ कार्यक्रम लाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन अभियन्ता बि बि मल्ल ठकुरीले अनुरोध गरेका छन् साथै युगल साँझ कार्यक्रमको लागि सम्पुर्ण कुवेत बासीहरु लाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा नपायको खण्डमा यसै समाचार लाई आधार मानी उपस्थिति हुनको लागी अनुरोध समेत गरेका छन् ।
युगल साँझका अतिथी गायक तुल्सी शिवाकोटी यही आउँदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ को दिन स्थानिय समय अनुसार बिहान १:१५ बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा संघ संस्थाको प्रतिनिधि,पत्रकार,खेलाडी,कलाकार, समाजसेवी साथै सम्पुर्ण कुवेत बासीहरु लाई स्वागतको लागी एयरपोर्ट मा उपस्थित हुन् स्याङ्जा सहयोग समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।
October 9, 2018 10:05 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)