आइसीसी टि–२० विश्वकप छनोटः नेपालको लगातार चौथो जीत, भुटान ११७ रनले पराजित
काठमाडौं। आइसिसी विश्व टी–२० छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हात पारेको छ । आज भएको भुटानविरुद्धको खेलमा नेपालले ११७ रनको जीत निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भुटान १६.४ ओभरमा ३३ रन बनाउँदै अलआउट भएको छ ।
नेपालका लागि सबैभन्दा बढी प्रदिप ऐरीले नटआउट ७५ रन बनाए । उनले २ छक्का र ४ चौकाको सहयोगमा ७५ रनको योगदान गरेका हुन् । प्रदिप म्यान अफ द म्याच भए । त्यस्तै अनिल कुमार शाहले २७ रन, आरिफ शेखले १३, दिपेन्द्र सिंह ऐरीले १५ र करण केसीले नटआउट ११ रनको योगदान गरे। त्यस्तै फिल्डिङमा रहेको भुटानका लागि थिन्ली जाम्सो, सन्जिभ गुरुङ, जिग्मे सिङगे, रमेश लिम्बुले १÷१ विकेट लिएका लिए । जवाफी ब्याटिङमा उत्रिएको भुटान १६.४ ओभरमा ३३ रनमै समेटियो । भुटानको इनिङलाई सस्तैमा समेट्न ललित राजवंशी र सन्दिप लामिछानेले ३–३ विकेट लिए । बसन्त रेग्मीले २, दिपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए । भुटानका लागि नौ विकेट गइसकेपछि तेन्जिङ वाङचुक जुनियरले टिकेर ११ रनको योगदान दिए । यसबाहेक अन्य कुनै ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन ।
यो नेपालको लगातार चौथो जीत हो । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यान्मार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । अब नेपालले सिंगापुर र चीनसँग खेल्न बाँकी छ । सिंगापुर तुलनात्मक रुपमा बलियो छ । उसले पनि नेपालले जस्तै अहिलेसम्म ४ खेल खेलेकोमा सबै खेल जितेको छ । यद्यपि नेट रनरेटको आधारमा नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
October 9, 2018 11:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)