१३ जना मान्छे खाने बाघ मार्न यस्तो कुकुर
भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ ।
यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको छैन । वन रेन्जरहरु यसलाई नियन्त्रणमा लिनका लागि दिनरात प्रयास गरिरहेका छन् ।
प्रशासनले बघिनी समात्न गएको सोमबार एक थप विकल्प अघि सारेको छ । बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरिएको छ । यो कुकुरालाई शिकारी कुकुर मानिन्छ ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियका अनुसार ‘टी १’ बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो ।
यो कुकुर किन ?
केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो ।
यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन । इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँछन् ।
अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्षको हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको निक्कै ठूलो हुन्छ । यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ ।
–बीबीसी हिन्दीकाे सहयाेगमा
October 20, 2018 3:05 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)