सभामुख र मुख्यमन्त्रीले ब्याटिङ्ग गर्दै पोखरा प्रिमियम लिग शुरु : विजेता पुरस्कार कति होला ?
पोखरा । सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभएको छ । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो । हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पु¥याउने सभामुख महराले बताउनुभयो ।नेपाल दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको उहाँले उल्लेख गर्नुभयो । स्वस्थ्य खेलबाट स्वस्थ्य जनशक्ति तयार गर्ने र यसको बहुआयामिक महत्व रहेको बताउँदै सभामुख महराले प्रतियोगी टिमलाई विजय हासिल गर्न शुभकामना दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो । खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको बताउँदै उहाँले पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको रमणीय वातावरणले देशी विदेशी खेलप्रेमीलाई लोभ्याउने बताउनुभयो । प्रदेशसभा सदस्य दीपक कोइरालाले यस किसिमका प्रतियोगिताले पोखराको आर्थिक गतिविधि पनि बढाउने विश्वास व्यक्त गर्नुभयो । आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले यो प्रिमियर लिग नेपालमा आयोजित हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता भएको बताउनुभयो । प्रतियोगितालाई लक्ष्य गरी तीन महीनादेखि पूर्वाधार निर्माण गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु १० लाख प्राप्त गर्नेछ । पिपिएलले टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियरको साथ पाएको छ भने लिगको पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम रहेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ विजेताले गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद रु १० हजार र प्रायोजकबाट (एक्स्टेप, सुविसु, आदि) रु पाँच हजार बराबरको गिफ्ट एवं ह्याम्पर प्राप्त गर्नेछन् । पिपएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार रु १५ हजार ५०० प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुविसुको प्रिमियम प्याकेज प्राप्त गर्ने जनाइएको छ । आजको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन भिड्नेछन् । त्यस्तै प्रतियोगितामा विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौँ रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी छवटा टिम सहभागी हुनेछन् । प्रतियोगितालाई लक्ष्य गरी लगभग चार हजार ५०० सिट क्षमताको प्याराफिट बनाइएको छ ।
October 26, 2018 12:51 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)