पोखरा प्रिमियर लिगः पारसको अर्धशतकसँगै पोखरालाई १ सय ६१ रनको लक्ष्य
पोखरा, २० कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको फाइनल खेलमा कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पार्यो । चितवनका लागि कप्तान पारस खड्काले २७ बलमा ९ चौका हिर्काएर ५१ रनको अर्धशतकको इनिङ्स खेले । अपेक्षा गरिएका हरिशंकर साह ८ रनमै आउट भएपछि मैदानमा उत्रिएका पारसले अनिलसँग दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । दोस्रो विकेट पतन हुँदा चितवन ८५–२ को अवस्था रहेको थियो ।
त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरे । अनिल कुमार साहले ३८ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोडे । सन्नीले आक्रमक इनिङ्स खेल्दै ४३ रन जोडे । उनले २१ बलमा ३ चौका र ४ छक्का हिर्काए भने आरिफ शेख १४ रनमा नटआउट रहे ।उपाधिको लागि घरेलु टोली पोखरा पल्टनले जवाफी ब्याटिङ सुरु गरेको छ ।
November 6, 2018 1:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)