बंगलादेशविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ, २७ कात्तिक । जापान ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको अन्तिम खेलमा नेपाललाई आज बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ः१५ बजे याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुनेछ ।पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारसँग बराबरी खेल्दै दुई अंक जोडेको नेपालका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
दुई अंक जोडेको नेपाल समु सी को तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारत र म्यानमारको समान चारचार अंक रहेको छ । बंगलादेश अंक बिहिन हुँदै चौथो स्थानमा रहेको छ ।नेपालले बंगलादेशविरुद्ध धेरै गोल अन्तरको जित निकाल्नु पर्ने दबाब रहेको छ ।भारत र म्यानमारबीचको खेल पनि नेपाल अर्को चरणमा पुग्ने वा नपुग्ने त्यसमा भर पर्नेछ ।
उक्त खेलमा हार जित भएमा र बंगलादेशलाई हराएमा नेपाल उपविजेताले उपविजेताको रुपमा दोस्रो चरणको यात्रा तय गर्नेछ ।दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । जसबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।
November 13, 2018 11:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)