लिभरपुलको अपराजित यात्रा कायमै, टोटनहमको सहज जित
काठमाडौँ, २० मंसिर । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै बर्लीलाई ३-१ गोलले पराजित गरेको छ ।पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।तर, दोस्रो हाफमा बर्लीले अग्रता बनाएको थियो । उसका लागि खेलको ५४ औ मिनेटमा ज्याक कोर्कले गोल गरेका थिए । एकगोलले पछि परेको लिभरपुलका लागि खेलको ६२ औ मिनेटमा जेम्स मिल्नरले बराबरी गोल फर्काएका थिए ।
खेलको ६९ औ मिनेटमा लिभरपुलका लागि फिरमिन्होले गोल गर्दै अग्रता दिलाए । खेल सकिनै लाग्दा यस सिजन उच्च फर्ममा रहेका जेण्डर साकिरीले गोल तेस्रो गोल गरे ।
यो जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीमाथि दबाब बनाइराख्न सफल भएको छ । १५ खेल खेलेको लिभरपुल ३९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बर्लीको ९ अंकका साथ १९ औ स्थानमा रहेको छ ।त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहमले साउथह्यामटनलाई ३-१ गोलले पराजित गरेको छ । यो जितसँगै टोटनहम लिगको तेस्रो स्थानमा उक्लेको छ ।
December 6, 2018 10:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)