सानिमा लाइफकाे जीवनश्री बीमा योजना शुभारम्भ
काठमाडाैं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिकोत्सवको अवसरमा सानिमा जीवन श्री बीमा योजनाको शुभारम्भ गरेकाे छ ।
सेवा सुरु गरेकाे एक वर्ष पुगेकाे अवसरमा सञ्चालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाले योजनाको शुभारम्भ गर्नुभएकाे हाे । त्यस अवसरमा कम्पनीको प्रधान कार्यालय सिटी एक्सप्रेस भवन, कमलादीमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे थियाे ।
यस योजना मा १६ वर्ष देखि ६० वर्ष उमेरसम्मका महिला तथा पुरुषले न्यूनतम रु. ५ लाख वा त्यसभन्दा बढी रकमको जीवनबीमा गर्न सकिने कम्पनीले जनाएको छ ।
याे योजनाको लागि बीमा अवधि १०,१५,२०,२५ वर्ष र बीमा शुल्क भुक्तानी अवधि क्रमशः ६, १०, १५, १८ वर्ष निर्धारण गरिएको छ ।
कम्पनीले सुरुमा नै पूरा बीमाअवधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० बोनस ग्यारेन्टी गरेको छ ।
बीमाङ्क रकम भुक्तानी दिने अवस्था
बीमा समाप्ति मितिसम्म बीमा गरिएकाे व्यक्ति जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कको रु ७० का दरले पूरा बीमा अवधिको बाेनस एकमुष्ट प्रदान गरिनेछ ।
बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा बीमा गरिएकाे व्यक्तिको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी बाेनससमेत एकमुष्ट प्रदान गरिनेछ ।
December 10, 2018 11:40 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता