इपीएल : काठमाडौंले पायो एक सय ५० रनको चुनौती
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिगको शनिबारको पहिलो खेल सुरु भएको छ । खेलमा भैरहवा ग्याडियटर्सले काठमाडौं किंग्स इलाभेनलाई जितका लागि एक सय ५० रनको चुनौती दिएको छ ।
टस जितेको काठमाडौंले भैरहवालाई ब्याटिङको निम्तो दिएसँगै सुरु भएको खेलमा भैरहवाले पूरा ओभर खेल्यो । ४ विकेटकाे क्षतिमा उसले एक सय ४९ रन जाेड्न सक्यो । भैरहवाका लागि इन्दर सिंह सर्वाधिक ८६ रनकाे याेगदान गरे । उनले ६१ बलकाे सामना गर्दा ६ चाैका र ४ छक्का हिर्काए । भैरहवाका कप्तान ३९ रन जोडे ।
भैरहवाले यसअघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ । आजको खेलमा जित निकाल्दै लिगकाे शिर्ष स्थानमा पुग्ने उसको लक्ष्य छ । प्रतियोगितामा अपराजित भैरहवा ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । उता काठमाडौं भने ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ
December 15, 2018 1:12 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...