ईपीएल : आज लिग चरणको अन्तिम खेल हुँदै
काठमाडाैं, पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । टियु क्रिकेटमा मैदानमा हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं किङस इलाभेन र विराटनगर वारिवर्सबीच अपरान्ह १२ः४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।
यसै खेलले क्वालिफायर पुग्ने एक टोली र प्ले अफ पुग्ने एक टोलीको पनि टुंगो लाग्नेछ । अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । लगातार पाँच खेल गुमाएको पोखरा भने बाहिरिसकेको छ ।
कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई प्ले अफ पुग्न काठमाडौंविरुद्ध स्पष्ट जित निकाल्नु पर्नेछ । विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । यता, काठमाडौं भने विराटनगरलाई हराएर क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ
December 18, 2018 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)