न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका
न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन श्रीलंका संघर्षरत रहेको छ । न्यूजिल्याण्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो ।त्यसपछि पहिलो पारिमा २८२ रन बनाउँदै अल आउट भएपछि फ्लोअनमा परेको श्रीलंकाले दोस्रो पारि सुरु गरेको थियो । तेस्रो दिन व्याटिङ सुरु गरेको श्रीलंकाले चौथो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २५९ रन बनाएको छ ।
१३ रन बनाउँदा ३ विकेट गुमाएको श्रीलंकाले चौथो दिनको खेलमा भने विकेट बचाउन सफल भयो । अझै श्रीलंकालाई न्यूजील्याण्डले पहिलो पारिमा बनाएको रन बराबरी गर्न ३७ रनको आवश्यकता छ भने उसका ७ विकेट सुरक्षित रहेका छन् ।
चौथो दिनको खेलमा श्रीलंकाका दुुवैजना व्याट्सम्यानले शतक प्रहार गरे । एन्जेलो म्याथ्यूज ११७ तथा कुसल मेन्डिस ११६ रनमा नट आउट रहेका छन् । उनीहरुलेनै भोलि पाँचौ दिनको खेल सुरु गर्ने छन् । भोलि दिनभर श्रीलंकाले व्याटिङ गरेमा पहिलो टेस्ट ‘ड्र’ हुने छ । तर श्रीलंकालाई अल आउट गर्न सकेमा न्यूजील्याण्डलाई जित्ने अवसर पनि उत्तिकै रहने छ ।
December 18, 2018 2:03 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)