इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव सुरु
इलाम । इलाम सदरमुकाममा आजदेखि शुरू भएको १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव ’ पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित शुरू भएको हो । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ ।
महोत्सवको शुरुमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो ।
साबिक मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरु भएको यो महोत्सव आजदेखि शुरु भएर १६ गतेसम्म चल्नेछ । चार जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने आयोजकको भनाइ छ ।
पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा भएको महोत्सवमा ५० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याएको आयोजक समितिका महासचिव देवी पौड्यालले जानकारी दिएका छन् ।
December 20, 2018 3:59 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता