रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को सर्वाधिक गोलकर्ता बने लियोनल मेस्सी
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १५ पुस । बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी सन् २०१८ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले सन् २०१८ मा सर्वाधिक ५१ गोल गरेका छन् ।
दोस्रो स्थानमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । शनिबार राति साम्पडोरियाविरुद्ध २ गोल गरेसँगै क्रिस्टियानोको गोलसंख्या ४९ पुगेको थियो ।
यस सिजन उच्च फर्ममा रहेका रोनाल्डोले युभेन्ट्बाट १४ गोल गरिसकेका छन् । तर, मेस्सीलाई भेट्टाउन आवश्यक गोल भने पुर्याउन सकेनन् ।
मेस्सीले ४८ खेलबाट ५१ गोल गरेका हुन् । मेस्सीले औसतमा प्रतिखेल ८२ मिनेट खेले ।
रियल मड्रिड तथा युभेन्ट्सबाट रोनाल्डोले ४३ गोल गरेका हुन् । त्यस्तै ६ गोल पोर्चुगलको लागि गरे । उनले ४६ खेलमा उक्त गोल गरेका हुन् उनले प्रतिखेल औसतमा ८९ मिनेट खेले ।
December 30, 2018 9:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...