मोरिन्होको बर्खास्तीपछि चम्किए पोग्वा, भन्छन्ः म्यानुमा रमाउन थालेको छु
एजेन्सी, १६ पुस । गएराति भएको इंलिस प्रिमियर लिगमा जित हात पारेपछि पोउल पोग्वाले आफ्नो प्रतिक्रिया दिएका छन् । पछिल्ला तीन खेलमा पाँच गोल गरेका पोग्वाले भनेका छन्, ‘हामीले खेल जित्न आवश्यक थियो जुन जितिरहेका छौ ।
मोरिन्हो गएपछि खेलाडीहरु रमाउन थालेका छन् भने खेलमा पनि उत्तिकै सुधार देखिएको छ ।’प्रशिक्षक होसे मोरिन्हो बर्खास्तपरेपछि म्यानुले तीन खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
यो सिजन खराब खेल प्रदर्शन गरेको म्यानुमा मोरिन्हो र पोग्वाबीचको विवाद उत्कर्षमा पुगेको थियो । विवादमा उत्कर्षमा पुगेपछि बार्सिलोना जाने तयारीमा पोग्वा पुगेका थिए । त्यस्तै मोरिन्होले पनि पोग्वालाई कटाक्ष गर्ने तथा पहिलो रोजाइमा नपार्ने निर्णय लिएका थिए ।
तर, पोग्वाले पछिल्ला तीन खेलमा आफ्नो महत्व क्लबमा कति रहेको छ प्रमाणित गरेको फुटबल विश्लेषकहरुले बताएका छन् ।मोरिन्होको बर्खास्तीपछि चम्किएका पोग्वाले पनि आफु खेलमा रमाउन थालेको र क्लबले खेलमा पनि सुधार गरेको बताएका छन् ।
December 31, 2018 10:17 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)