बिग ब्याशकाे बीचैमा बंगलादेश पुगेका सन्दीपकाे बीपीएलका खेलहरु आइतबारदेखि
अष्ट्रेलियाको बिग ब्याशमा चार खेल खेलेर बंगलादेश पुगेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् । उनी बिग ब्याशमा चार खेलमा आठ विकेट लिएर बीचमा नै पूर्व सहमति अनुसार दक्षिण एसियामा हुने दोस्रो ठूलो फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग खेल्न पुगेका हुन् । तर उनले बंगलादेश प्रिमियर लिग पनि पूरै खेल्नेछैनन् ।
फेब्रुवरी ८ सम्म चल्ने प्रतियोगिताको बीचमा नेपालले यूएईसँग अन्तराष्ट्रिय सिरिज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै यूएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछन् । नेपालले २५ जनवरीमा पहिलो एक दिवसीय खेल्नेछ भने २६ मा दोस्रो र २८ मा तेस्रो खेल खेल्नेछ ।
यस्तै जनवरी ३१ देखि फेब्रुवरी तीनसम्म तीन टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनी फेरि अष्ट्रेलिया फर्किने संभावना प्रवल रहेको छ । बिग ब्याशका अन्तिम चरणका खेल फेब्रुवरी १८ सम्म चल्नेछन् ।
January 3, 2019 3:13 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)