भारु दुईहजारको नोट पनि हटाइँदै
नयाँदिल्ली । पाँच सय र एक हजार रुपैयाँका नोटलाई ‘नोटबन्दी’ गरेपछि प्रचलनमा ल्याएको दुई हजार रुपियाँका नोटपनि भारत सरकारले ‘फेजआउट’ गर्ने भएको छ। त्यसै प्रयोजनका लागि भारत सरकारले दुई हजार हजार रुपियाँका नोट पनि छाप्न छाडेको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले जनाएको छ भारत सरकारले दुई हजार रुपियाँको नोट बजारमा ल्याएको थियो ।
एक महिनाअघि मात्रै नेपाल सरकारले दुई हजार रुपियाँका भारतीय रुपैयाका कारोबार गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। मंसिर २०७३ मा भारत सरकारले पाँच सय र हजार रुपियाँको नोटमाथि प्रतिबन्ध लगाएपछि नेपालमा रहेका करिव दश अर्ब भारतीय रुपियाँ साटिन बाँकी नै छ भारतीय अनलाईन ‘द प्रिन्ट’ ले २ हजार रुपियाँका नोटमा प्रतिबन्ध लगाइएको नभई ती नोट बजारबाट विस्तारै हटाउदै लैजाने तयारी भएको उल्लेख गरेको छ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले रकम सञ्चिती गर्न, कर छल्न र मुद्रा निर्मलिकरणमा प्रयोग भएको आशंकामा भारतको सबैभन्दा ठूलो नोट हटाउने तयारी गरेको हो। नोटबन्दी गरेपछि बजारमा रहेको मुद्रा अभावलाई हटाउन २ हजार रुपियाँका नोट बजारमा ल्याइएको थियो। भारत सरकारले यसबारेमा औपचारिक रुपमा केही नबताएपनि केही समयदेखि यो शुरुवात भएको सो अनलाइनले जनाएको छ।
सन् २०१८ को मार्च सम्ममा २ हजार दरका ३ अर्ब ३६ करोड ३० लाख बजारमा पठाएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। जबकी सन् २०१६र२०१७ मा ३ अर्ब २८ करोड ५० लाख पठाइएको थियो। भारतीय बजारमा रहेका नोटहरुमध्ये सन् २०१७ मा ५० दशमलव २ प्रतिशत २ हजार दरका नोटहरु सञ्चालनमा थिए, तर सन् २०१८ मा घटेर ३७ दशमलव ३ प्रतिशत हुन पुगेको छ।
यसका विपरित पाँच सयको नोट भने ठीकक विपरित अवस्थामा छ। सन् २०१८ मा बजारमा ५ सय रुपियाँका भारतीय नोट ९ अर्ब ५८ करोड ७० लाख सञ्चालनमा थिए।अघिल्लो वर्ष यो संख्या ५ अर्ब ८ करोड २० लाख मात्रै रहेको थियो।प्रचलनमा रहेको नोटमा सन् २०१७ मा २२ दशमलव ५ प्रतिशत पाँच सयका थिए भने सन् २०१८ सम्म आइपुग्दा यो ४२ दशमलव ९ प्रतिशत पुगेको देखिन्छ।
January 4, 2019 3:07 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता