महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो शानदार जित
काठमाडौं, २९ पुस। थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले फेरी शानदार जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन्जो । यस्तै सिता राना मगरले १६ रन जोडिन ।
ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक–एक विकेट लिईन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक–एक विकेट लिए । समूह एु मा रहेको नेपालले जितसँगै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।
January 13, 2019 2:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)