Friday 19th April 2024

‘केही खेलाडीहरुलाई लाग्छ मैले अन्याय गरिरहेको छु’

5 years अगाडी

काठमाडौँ, १ माघ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले केही खेलाडीका लागि आफुले सही निर्णय गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘सबै खेलाडीलाई मैले समान अवसर दिन सकेको छैन । उनीहरुलाई लाग्छ मैले अन्याय गरेको छु । मैले यो सत्यतालाई स्वीकार गर्नैपर्छ ।’ गएराति भएको खेलमा बेन्चमा सर्जियो अगुइरो र केभिन डि ब्रुने बसेका थिए ।

उल्भरह्यामटनविरुद्ध ३-० गोलले जित हात पारे पनि केही खेलाडी खुसी नभएको कुरा बाहिर सार्वजनिक भएको थियो । म्यान सिटीमा यो समस्या आउनुले टोलीको फर्ममा समस्या पर्न सक्ने अनुमान आफुले गरेको उनले बताएका छन् ।

म्यान सिटीमा सबै उत्कृष्ट खेलाडीहरु रहेका छन् । उनीहरुलाई सकेसम्म मौका दिने जिम्मेवारी आफ्नो भएको उनले बताएका छन् । तर, सम्भव भएसम्म आफुले सबैलाई मौका दिने उनले बताए ।

          January 15, 2019 12:24 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...